काठमाडौं, ३२ साउन–राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो ।
बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार सेयर पुँजी २ अर्ब २२ करोड ३८ लाख रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको जनाइएको छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।
७७ जिल्लाका सबै खाले सहकारी संघ-संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघरसंस्था सदस्य रहेका छन् । बैंकले ४६ अर्व८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको जनाएको छ ।
