एजेन्सी, १ भदौं–महामारीको अति चपेटामा फसेको भारतका ग्रामिण भेगमा कोरोना भाइरस संक्रमण फैलन थालेको छ। ६० करोडभन्दा बढी भारतीयहरुको बसोबास रहेको क्षेत्रमा फैलिएको महामारी नियन्त्रण नै गर्न नसकिने अवस्थामा पुग्नसक्ने त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

परीक्षण र उपचार अभावमा हजारौं ग्रामिण भारतीयको ज्यान जानसक्ने जोखिम बढेको छ। भारतको नेशनल फ्यामिली हेल्थ सर्भे–४ का अनुसार ग्रामिण क्षेत्रका २५ प्रतिशत नागरिक मात्रै स्वास्थ्य सेवाको पहुँचमा छन्। भारतका ७० प्रतिशत वृद्धवृद्धा ग्रामिण क्षेत्रमै बसोबास गर्ने गर्छन्।

विश्वभर वृद्धवृद्धा नै कोरोना महामारीको चपेटामा परेका छन्। स्वास्थ्य सेवा अभावका कारण भारतको ग्रामिण क्षेत्रका गाउँलेहरुले गम्भीर बिरामी पर्दा पनि उपचार गराउन नसकेको बीबीसी हिन्दीमा उल्लेख छ। त्यही क्षेत्रमा जारी महामारी फैलिए स्थिति भयावह हुनसक्ने देखिएको छ। भारतका आधा जनसंख्या कोरोना महामारीको चपेटामा फस्न सक्ने वरिष्ठ विशेषज्ञ जयप्रकाश मुलियिलले बताएका छन्।

बेलायती अखबार गार्डियनसँग कुरा गर्दै उनले भनेका छन्, ‘भारतका ग्रामिण इलाकामा पहिले नै गम्भीर प्रकारका स्वास्थ्य समस्याबाट धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन्, यस्तो अवस्थामा कोरोना महामारी फैलिए स्थिति सोचेभन्दा निकै खराब बन्नेछ।’

भारतका कैयौं जिल्लाको क्षेत्रफल १० हजार वर्गकिलोमिटर भन्दा पनि धेरै छ। अहिले अलग–अलग क्षेत्रमा कोरोना संक्रमणबाट मानिसहरुको ज्यान गइरहेको छ। महामारी त्रासदीको वास्तविक तस्बिर बाहिर नआएको र स्थिति थाहा हुन निकै समय लाग्ने मुलियिलले बताएका छन्।

ग्रामिण क्षेत्रमा त्रास

सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले ग्रामिण भारतमा महामारी फैलिए त्यसविरुद्ध लडाइँ शहरमा झैं जित्न नसकिने चिन्ता व्यक्त गरेका छन्। कोरोनाबाट संक्रमित भइहाले पनि शहरी क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मी रहेको, तर ग्रामिण क्षेत्रमा यस्तो अवस्था कल्पनाभन्दा बाहिरको रहेको उनीहरु बताउँछन्। भारतको उत्तरप्रदेशमा सबैभन्दा धेरै मानिसहरुको आवाद रहेको छ। बिहारका ग्रामिण क्षेत्रमा मात्रै १० करोडभन्दा धेरै मानिस बसोबास गर्ने गर्छन्। यी दुवै राज्यमा सार्वजनिक स्वास्थ्य सेवाको अवस्था निकै कमजोर छ। भारतका गरीबमध्ये बिहारमा मात्रै ३० प्रतिशत मानिस बसोबास गर्छन्। त्यहाँका ९० प्रतिशतभन्दा धेरै मानिसहरु ग्रामिण क्षेत्रमा बस्ने गर्छन्। सन् २०१९ को तथ्यांकअनुसार बिहारका हरेक १० हजार मानिसलाई जम्माजम्मी चारजना डाक्टर उपलब्ध छन्। त्यहाँ सामान्य भाइरल, रुघाखोकी या डेंगू फैलँदा नै स्थिति नियन्त्रणबाहिर जाने गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *