काठमाडौं, १ भदौं–स्पेनिस क्लब सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टरयुनाइटेडलाई २–१ गोलले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो।

खेलको नवौं मिनेटमै म्यानचेस्टरका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर सेभिल्लाका लागि सुसोले २६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्या‍ए। पहिलो हाफ एक एकगोलको बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा लुक डे जोङले गोल गर्दै सेभिल्लाको जित सुनिश्चित गरे।

सेभिल्लाले अब इन्टर मिलान र शख्तर डोनेस्कबीचको बिजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ। इन्टर मिलना र शख्तर डोनेस्कबीचको सेमिफाइनल खेल आज राति हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *