एजेन्सी, १ भदौं–स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिवाला क्लबमा अनुबन्ध गर्ने चाहना व्यक्त गरेका छन् ।

लामो समय बार्सिलोनामा मुख्य प्रशिक्षकको भूमिका निभाएर उनी क्लबबाट बाहिरिएका थिए । ग्वार्डिवालाले बार्सिलोनाका लागि सबैखाले उपाधि जिताएका थिए । उनले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रेलगायत उपाधि जिताउन सफल भएका थिए ।

हाल इङ्ग्लिस क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका ग्वार्डिवालाले मेस्सीलाई क्लबमा अनुबन्ध गर्न चाहेको स्पेनिस पत्रिका ‘ई–स्पोर्टस् इन्टेर्टिभो’ले लेखेको छ । “मेस्सी बार्सिलोना छाड्ने योजनामा छन् । उनले एक उचित मौका मात्र खोजिरहेका छन्,” पत्रिकामा लेखिएको छ ।

मेस्सी सम्मिलित बार्सिलोना भर्खरै मात्र च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखसँग ८–२ गोल अन्तरले पराजित भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *