काठमाडौं, १ भदौं–प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
नेकपा सचिवालय बैठक सकिएसँगै देउवा बालुवाटार पुगेका हुन् । बालुवाटारमा जारी छलफलमा ओली, प्रचण्ड र देउवासँगै कांग्रेस नेता रमेश लेखकलगायतका नेताहरु पनि सहभागी छन् ।
संवैधानिक नियुक्ति र कोरोनाका कारण सिर्जित समस्यालगायतका विषयमा छलफलका लागि देउवा बालुवाटार पुगेको बताइएको छ ।
