इलाम, १ भदौं–सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। गए राति ११ बजेतिर सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा उर्गेन लामाले बताए। उनी साउन २६ गते भारतको हैदरबादबाट आएर क्वारेन्टाइनमा बसेका थिए।

मृतकको पिसिआर परिक्षणको रिपोर्ट आइसकेको छैन। साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताए। क्वारेन्टाइनमा ब्यक्ति आइतबार बिरामी परेका थिए।

उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै उपचार गराएका थिए। मृतकमा श्वास प्रश्वासको समस्या देखिएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *