काठमाडौं, १ भदौं–नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक लगत्तै बालुवाटारमा सत्तारुढ र प्रतिपक्षी नेताबीच संवाद भएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो।

नेकपाले संवैधानिक आयोग र विश्‍वविद्यालयमा रिक्त पद पूर्तिका लागि छलफल गर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई बोलाएको थियो। बालुवाटारमा भएको छलफलमा देउवाले सुरुमै सिन्धुपाल्चोकको पहिरो, कोरोनाको संक्रमण जोखिम र विश्‍वविद्यालयमा रिक्त पद पूर्तिमा ध्यान नदिएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए।

देउवाले आफूसँगै कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पनि बालुवाटार लगेका छन्। ‘सिन्धुपाल्चोकको लिदीका स्थानीयले १० दिनअघि पनि राज्यसँग गुहार मागेका रहेछन्। तिनलाई तत्कालै सुरक्षित स्थानमा सार्ने काम सरकारले किन गरेनरु’ देउवालाई उदृत गर्दै उनको सचिवालयले भन्यो, ‘सरकारले जनताको जिउ धनको विषयमा पनि ध्यान नदिने। यसको जवाफदेही सरकारले हुनु पर्दैनरु’ लिदीको पहिरोमा दुई दर्जन भन्दा धेरैले ज्यान गुमाए भने अझै केही बेपत्ता छन्।

देउवाले देशको अन्य क्षेत्रमा पनि बाढी पहिरोले पुर्याएको क्षतिबारे सरकारले ध्यान नदिएको बताए। देउवाले कोरोनाको जोखिम बढिरहे पनि सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो प्रधानमन्त्रीलाई नै गरे। ‘कोरोनाबाट मर्नेको संख्या नै १०० नाघिसक्यो। अझै संकट आउने देखिन्छ। सरकार तत्कालै कमजोरी सच्याएर र समीक्षा गरेर नयाँ रणनीति तयार गरी काम गर्न किन गम्भीर भएनरु’ सचिवालयले भन्यो, ‘तपाईंहरु आफ्नै पार्टीको झगडामा हराउनु भएको छ।

आइसोलेशन र भेन्टिलेसन बढाउनेतर्फ ध्यान छैन। लकडाउनको बेलैमा यो सब गरेको भए अहिले यस्तो अवस्था आउने थिएन।’ त्यस्तै देउवाले त्रिभुवन विश्वविद्यालयको विवाद समाधान गर्न प्रधानमन्त्रीले ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराए। ‘निश्चित विधि र संस्कृतिको विश्वविद्यालय चलाउने क्षमता राख्नुपर्नेमा राजनीतिक पूर्वाग्रह बढि भयो,’ देउवाले ओलीलाई भने, ‘प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनसनमा बसेका नेवि संघका विद्यार्थीहरूसँग संवाद समेत नगर्ने बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलोमा सुहाएन।’

त्यस्तै नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरेर पनि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पहिरो, कोरोना र विश्वविद्यालयको विवाद समाधान गर्न सरकारले चासो नदिएको बारे ध्यानाकर्षण गराएको बताएका छन्। उनले सरकारले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने पनि बताए। नेकपाको विवाद मथ्थर भएसँगै सरकारले संवैधानिक निकायहरूमा नियुक्तिका लागि प्रतिपक्षी दलसँग संवाद अघि बढाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *