झिलझिले, १ भदौं–झापाको शिबसताक्षी नगरपालिकामा आज (सोमबार) राति १२ बजेदेखी लागू हुने गरी एक साता लकडाउन हुने भएको छ ।
नगरपालिकाको कार्यालयमा आज सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म आंशिक बन्दाबन्दि गर्ने निर्णय गरेको हो ।
शिवसताक्षी नगरमा यसअघि साप्ताहिक हाट बजार नगरस्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको त्रास समुदायमा फैलन थालेपछि जिल्लाको शिवसताक्षी नगरपालिका पनि लकडाउन हुने भएको हो ।
खाद्यन्न लगायत अन्य आवश्यकीय वस्तुको खरिदका लागि बिहान आंशिकरुपमा खुकुलो पारिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।
