काठमाडौं, १ भदौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कार्यदल गठनबारे उपाध्यक्ष वामदेव गौतमले प्रश्न उठाएका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गर्दै कार्यदेशसमेत प्रदान गरेको थियो ।

कार्यदल गठनबारे वामदेवले असन्तुष्टि प्रकट गरेको सचिवालयका एक नेताले बताए । ‘उहाँले पार्टी कमिटी हुँदाहुँदै किन छुट्टै कार्यदल गठन गर्नुपर्‍यो भनेर प्रश्न उठाउनुभएको थियो । तर, निर्णयमा उहाँको असहमति छैन,’ एक सदस्यले भने ।

वामदेवले गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सारेका थिए । ‘आफूले प्रस्ताव गरेको विषयहरू हुबहु लागुहोस् भनेर आकाङ्क्षा राख्नु अस्वाभाविक होइन,’ ती सदस्यले भने, ‘तर त्यस्तो अवस्था नरहेपछि उहाँले प्रश्न उठाउनुभएको हो । निर्णयमा उहाँको फरक मत छैन ।’ उनले बाहिर आएजस्तो कुनै पनि सदस्यको कुनै असहमति नरहेको बताए ।

‘बाहिर केके उद्देश्यले समाचार टिपाए थाहा भएन । तर, आजको निर्णयमा कसैको नोट अफ् डिसेन्ट छैन । एक किसिमले भन्ने हो भने सर्वसम्मत निर्णय हो । छलफलमा त केके कुरा आउँछन् के-के ?,’ उनी भन्छन् ।

यसैबीच वामदेवको सचिवालयले पनि बैठकमा बोलेको कुरा प्रष्ट पार्ने कोसिस गरेको छ । ‘उपाध्यक्ष वामदेवले आफूले सिर्जना गरेका समस्याका सम्बन्धमा आफैँले नै समधानका उपायहरू पत्ता लगाउनुको सट्टा अथवा आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनु हामी नेतृत्वमा रहेका व्यक्ति असफल भएकै हौँ रु भन्ने प्रश्न राख्नु भएको हो,” उनको सचिवालयले भनेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *