दमक, १ भदौ–झापाको दमकमा आज (सोमबार) ६ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रवार मात्र बिद्युत प्राधिकरणका ५ जनामा संक्रमण देखिएपछि गरिएको थप परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य अधिकृत बद्रि बरालले जानकारी दिए। संक्रमित हुनेमा ४ जना दमकका छन् भने २ जना झापाकै शिवसताक्षी नगरपालिका स्थायी ठेगानाका छन् ।

आज थपिएका संक्रमितहरु दमक २ का २९ बर्षका, वडा नम्बर ८ का ५५ बर्षका र वडा नम्बर ९ का ३० र ३१ बर्षका पुरुषहरु रहेका छन् । त्यसैगरी, शिवसताक्षी वडा नम्बर ४ का ४९ बर्षिय र ७ का ५६ बर्षिय पुरुष रहेका छन् । उनीहरु मध्ये दुई जना दमककै एउटा लघुबित्तमा काम गर्ने कर्मचारी रहेको बताईएको छ ।

त्यसैगरी तिनजना बिद्युत प्राधिकरणका कर्मचारी हुन् भने एक जना भारतबाट आएर होम क्वारेन्टाईनमा रहेका व्यक्ति भएको जनाईएको छ ।

दमकमा हालसम २१ जनामा संक्रमण भएका ती मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको उपचार भईरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव समेत रहेका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

यसैवीच, संक्रमण समुदायमा फैलिएको र थप जोखिम हुन नदिन नगरपालिकाले हिजो आइतबारदेखि एकसाता लामो लकडाउन गरेको छ । लकडाउनको आज दोश्रो दिन दमक चौक, वजार पूर्ण रुपमा ठप्प रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *