दमक, १ भदौं–दमक नगरपालिकाले सुरु गरेको एकसाता लामो लकडाउनका कारण दमक पूर्णरुपमा ठप्प भएको छ। नगरपालिकाको निर्देशन पछि सबैजसो पसल, उद्योग तथा संघ संस्थाहरु बन्द भएका छन्।
यस्तै, नगरभित्र निजी सवारी साधनसमेत चलेका छैनन्। नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधि लगायतको आपूर्तिबाहेक सबै किसिमको सेवा बन्द गर्ने निर्णय गरेको छ।
लकडाउन कार्यान्वयनको अनुगमनमा बिहानैदेखि सुरक्षा निकायको टोलीसहित जनप्रतिनिधिहरु परिचालित भएका छन्।
दमकमा हालसम्म २१ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
