जीवनसिंह राजवशी शिबसताक्षी, १ भदौं–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जस्थित शिवगञ्ज प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी अभावका कारण बर्षौदेखी भिडियो एक्सरे मेसिन सञ्चालनमा आउन सकेको छैन ।

प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालय झापाबाट उपलब्ध भएको भिडियो एक्सरे मेसिन दक्ष कर्मचारीकै अभावमा बर्षौदेखी सञ्चालनमा आउन नसकेको हो । प्रदेश सरकारको रु १० लाख बराबरको भिडियो एक्सरे मेसिन सञ्चालनमा नआएपछी कार्टुनमानै थन्कीएका छन् ।

नगरकै पुरानो र अधिक सेवाग्राहीहरुले सेवा सुबिधा लिने गरेका यस स्वास्थ्य सेवा केन्द्रमा नगरको दक्षीणी क्षेत्र सँगै अन्य पालिकाहरुबाट समेत सेवाग्राहीहरु आउने गरेका छन् । भिडियो एक्सरे मेसिन सञ्चालन नहुँदा यस क्षेत्रका बिरामीहरले झापाका विभिन्न शहरमा गई महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन् । कर्मचारी पूर्ती गरी थन्कीएको भिडियो एक्स्रे सेवा सञ्चालन गर्नुपर्ने स्थानीय सेवाग्राहीहरु बताउँछन् ।

शिवगञ्ज प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सामान्य एक्स्रे सेवा भने सत्तचालनमा छ । सरकारको नीति अनुसार भिडियो एक्स्रे सञ्चालनका लागी कर्मचारीको दर्बन्दी राख्न प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई स्तरउन्नती गरी अस्पताल बनाउनु पर्ने प्रावधान रहेको छ । त्यसो नभएको खण्डमा स्थानीय तहले कर्मचारी राख्न पाउने हुन्छ । त्यसका लागी नगरसँग माग गरेपनी हाल सम्म कर्मचारी उपलब्ध नभएको वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्की बताउनुहुन्छ ।

लाखौँको मुल्य बराबरको एक्स्रे मेसिन प्राथमिक स्वास्थ्य केन्द्रमा रहँदा पनी सँचालनमा नआँउदा स्थानीयहरुलाई कागलाई बेल पाक्यो हर्स न बिस्मात जस्तै भएको छ । कर्मचारी अभावकै कारण भिडियो एक्स्रे सेवा लिन दक्षीणी भेगका सर्वसाधारणहरुलाई शहरका ठुला अस्पताल धाउनुपरेको छ । समस्या समाधानका लागी सम्बन्धीत निकायले ध्यान दिन आवस्यक छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *