तनहुँ, २ भदौं–पोखरामा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ। कोरोनाबाट तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दू शर्माले जानकारी दिए। उनका अनुसार अहिले सिसिएमसीको बैठक बसिरहेको र शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।

तनहुँ ब्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो। व्यास नगरपालिका –१ की ती महिलाकी छोरीलाई पनि संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनाकारी दिए।

घरमा छोरी र उनीमात्रै बस्दै आएको र श्रीमानको केही वर्ष पहिले सवारी दुर्घटनामा मृत्यु भएको न्यौपानेले बताए। ती महिलामा सुगर, प्रेशर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डाक्टर पदम खड्काले जानकारी दिए।

खड्काका अनुसार ती महिलाको सोमबार राति मृत्यु भएको र आज विहान कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *