प्युठान, २ भदौं–प्यूठानमा जङ्गली च्याउको तरकारी खाँदा दाजुभाइको ज्यान गएको छ । बुबा–आमा र अर्का छोरा बिरामी परेका छन् ।

नौबहिनी गाउँपालिका–६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उनकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बिरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *