धरमपुर, २ भदौं–झापाको शिबसताक्षी-१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यामिक बिद्यालयको प्रधानाध्यापकमा खगेन्द्र लम्जेल नियुक्त भएका छन् । माध्यामिक तह तृतीया श्रेणीका शिँक्षक लम्जेललाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । लम्जेल प्रधानाध्यापकमा नियुक्त हुनु अघि सो बिद्यालयमा खगेन्द्र दाहाल प्रअको रुपमा कार्यरत थिए । उनी निम्न माध्यमिक तहको तृतीया श्रेणीका शिक्षक हुन् ।
लक्ष्मीनारायण माध्यामिक बिद्यालय व्यस्थापन समितिको आज सम्पन्न बैठकले लम्जेललाई बिद्यालयको प्रधानाध्यापक पदमा नियुक्ती गरेको हो । नवनियुक्त प्रअ लम्जेल शिबसताक्षी-८ डुडामारीस्थित बुद्धचौकका स्थाईवासी हुन् । प्रअ लम्जेल २०७६ साल बैशाखमा शिबसताक्षी-१ धरमपुरस्थित लक्ष्मीनारायण माध्यामिक बिद्यालयमा सरुवा भइ आएका हुन् ।
यसअघि, उनि दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नं ६ बनियानीस्थित लक्ष्मी माध्यामिक बिद्यालयका प्रधानाध्यापकमा कार्यरत थिए । उनी सो बिद्यालयमा ४ वर्ष प्रअको जिम्मेवारी सम्हालेका थिए ।
प्रधानाध्यापकमा नवनियुक्त लम्जेलले बिद्यालयको बिकास, बिद्यालयको स्तरन्नोती र भौतिक तथा प्रविधिसहितको शिक्षातर्फ अभिबाहकहरु, सरोकारवाला, शिक्षक शिक्षिकाहरु, स्थानीयवासी र सामाजिक तथा राजनीतिक व्याक्तित्वहरुसंगको सहकार्य गदै अघि बढ्ने बताए ।
