काठमाडौं, ३ भदौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम छ। त्यसपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

राष्ट्रकवि घिमिरेको मंगलबार बेलुकी काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा निधन भएको थियो। १०२ वर्ष पुग्न १ महिना बाँकी रहँदा राष्ट्रकवि घिमिरेको निधन भएको हो। विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा एक सय वर्षमा प्रवेश गरेका थिए।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार थिए। उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा) उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *