काठमाडौं, ३ भदौं–पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।

गएराति लिस्बनमा भएको प्रतियोगितामा मार्किन्होसले खेलको १३ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यस्तै ४२ औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। र ५६ औँ मिनेटमा जुआन बेनार्टले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका गरे।

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज लियोन र बार्यन म्युनिख भिड्दैछन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *