एजेन्सी, ३ भदौं–च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज ९बुधबार० हुँदै छ । आज हुने खेलमा जर्मन क्लब वायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२स्४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउने योजनामा छन् ।

पोर्चुगलको लिस्बनस्थित स्टुडियो जोसे अल्भालाडे रंगशालामा जित निकाल्दै दुवै टोली फ्रान्सेली क्लब पीएसजीसँगको भेट पक्का गर्ने योजनामा छन् ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३–० ले हराएर फाइनल पुगिसकेको छ । च्याम्पियन्स लिगमा पछिल्लो समय बलियो देखिएको वायर्न लियोनलाई सहजै हराउने दाउमा छ ।

यता लियो पनि उत्कृष्ट फर्ममा छ । युरोपियन प्रतियोगितामा दुई टिमबीच आठपटक प्रतिस्पर्धा भएको छ । जसमा बायर्नले ४ खेल जित्दा लियोनले दुई जित निकालेको छ । दुई खेल बराबरीमा सकिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *