पर्सा, ३ भदौं–कोरोना भाइरस संक्रमणका कारण आज (बुधबार) पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ ।

वीरगञ्जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो ।

उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल प्रयोगशालाले जानकारी दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *