काठमाडौं, ३ भदौ–सरकारले गर्ने नियुक्तीमा पार्टीभित्र छलफल नगरिएको भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन्।

ओलीलाई भेट्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले यस्तो असन्तुष्टि जनाएका हुन्।

‘नियुक्तिबारे प्रचण्डले कुरा उठाउनुभएको छ। पार्टीभित्र छलफल चलेको छ। कार्यदल बनेर विवाद मिलाउन लागिरहेको बेलामा धमाधम नियुक्ति नगर्न भन्नुभएको हो,’ स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्रीले यो पहिल्यैको तयारी हो अहिले भएछ भनेर भन्नुभयो।’

नेकपाभित्रको विवाद टुंगो लगाउनका लागि प्रस्ताव बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल बनेको छ।

कार्यदलमा स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल र शंकर पोखरेल रहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *