दमक, ३ भदौ–दमकमा आज एकै दिन १३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केहिदिन अघि स्वाब संकलन गरी परिक्षणका लागी पठाईएकोमा आज १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमध्ये ३ जना शसस्त्र प्रहरी रहेका छन् भने दुईजना नेपाल टेलिकम दमकका ३७ र ४० बर्षका पुरुष कर्मचारी रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । उनका अनुसार संक्रमित हुनेहरुमा दमक ५ होम क्वारेन्टाईनमा बसेका ३१ बर्षका एक पुरुषमा पनि र अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानमा रहेको क्वारेन्टाईनमा बसेकाहरु रहेका छन् ।

उनीहरु दमककै बिभिन्न वडामा घर भई बिदेशबाट आएका २१ बर्ष देखि ४४ बर्ष सम्मका पुरुषहरु रहेका छन् । आज थपिएका संगै दमकमा संक्रमितको संख्या ४४ पुगेको छ । उनीहरु मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् बाँकी ३० जनाको उपचाररत रहेको दमक नगर क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले बताएका छन् ।

यसैवीच,समुदाय स्तरमा समेत संक्रमण फैलिएपछि नगरपालिकाले गत आइतबारदेखि एक साता लामो लकडाउन गरेको छ । संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दमक ठप्प रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *