दमक, ३ भदौ–झापामा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार झापामा १८ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

आज झापामा थपिनेमा दमकका १३ जना पुरुष, कमल गाउँपालिकाका १ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना महिला, कचनकवल गाउँपालिकाका १ जना पुरुष, र बिर्तामोड नगरपालिकाका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ४७४ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *