काठमाडौं, ४ भदौं–बालिका बेचविखन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ती व्यक्तिलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। ब्यूरो अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्ला तादी गाउपालिका वडा नं ३ खरानिटार स्थाई घर भई हाल काठमाण्डौ जिल्ला तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली बसोबास गर्दै आएका पुर्ण बहादुर तामाङको छोरा २२ वर्षीय अर्पण तामाङ भनिने राजु तामाङ रहेका छन।

साउन २९ गते पिडित १७ वर्षीय नाम परिवर्तनलाई आफन्तको साथमा गई आफू बेचबिखनमा परेकोले दोषी पक्राउ गरि कारबाही गरि पाँउ भनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार जाहेरी दरखास्त दिएपछि आरोपित व्यक्तिलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिए। साउन १ गते पक्राउ गरि काठमाण्डौ जिल्ला अदालतबाट निज पीडकको हकमा पहिलो पटक ७ दिनको म्याद थप समेत भएर हाल अनुसन्धान भईरहेको उनले बताए।

यसरी बालिका बेचिए

ब्यूरोका अनुसार निज तामाङले पिडित बालिका बर्ष १७ कि परिवर्तित नाम बबरमहल ३५ लाई सधै भरि माया गर्ने, पछी विवाह पनि गर्ने भनि प्रलोभन देखाई प्रेम जालमा फसाएर शुरुमा काठमाण्डौ गोंगबु स्थित फेसबुक गेष्ट हाउसमा लगे। पटक–पटक जवरजस्ती करणी गरी ती राजु तामाङले आफ्नो साथीको जिम्मा लगाए। ती साथीले गोगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काकडभिट्टा सिमा नाकाबाट भारतिय अपरिचित नाम नखुलेकोपुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्के।

पछि भारतीय ती पुरुषले निज पीडितलाई अश्लिल भिडियो देखाई भिडियोमा जसरी करणी गरौ भनी पीडित बालिकालाई भनिन। निज भारतीयले नेपालीलाई रकम तिरी पिडितलाई किनेको भनि समय समयमा डर त्रास धाक धम्की देखाए। समय समयमा शारिरिक तथा मानसिक पिडा दिंदै रोजगार लगाई दिने बहानामा भारतको विभिन्न ठाँउमा लाने गरेपछि पिडित बालिकाले आफुलाई बेचिएको महशुस गरि पिडकको आँखा छलेर भागेर एक अपरिचित नेपालीको सम्पर्कमा पुगिन।

ती नेपालीले मिति २०७६ असोज महिनामा कैलाली जिल्लाको टिकापुरमा रहेको ईलाका प्रहरी कार्यालयलाई पीडित महिलालाई बुझाएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *