एजेन्सी, ४ भदौं–नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो दिन पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पलाई निशाना बनाउँदै आक्रामक अभिव्यक्ति दिएका छन् ।

डेमोक्रेटिक सम्मेलन २०२० को तेस्रो दिन कमला ह्‍यारिसले आधिकारिक रुपबाट जो बाइडनको समर्थनसहित उपराष्ट्रपतिको उम्मेदवारी स्वीकार गरेकी छन् ।

कमला पहिलो अश्वेत महिला त्यसमा पनि पहिलो एसियाली मूलकी उम्मेदवार पनि हुन् । उनले उपराष्ट्रपति पदको दाबेदारी दिएकी छन् । कमलाको समर्थनमा पूर्वराष्ट्रपति बाराक ओबामा र सन् २०१६ मा डोनाल्ड ट्रम्पबाट पराजित हिलारी क्लिन्टनले पनि अपिल सार्वजनिक गर्ने तयारी छ ।

ओबामाले गर्ने लिखित भाषणको एक अंशमा भनेका छन्, ‘आठ वर्षको राष्ट्रपतिको कार्यकालको दोरान हरेक ठूला निर्णयमा बाइडन सधैं मेरो पछाडि खडा थिए । उनले मलाई सफल राष्ट्रपति बनाउन निकै सहयोग गरेका छ्न् । बाइडनसँग अनुभव छ, चरित्र पनि राम्रो छ, जसले देशलाई झन् राम्रो बनाउन सक्नेछ ।’

यति मात्र होइन कि अमेरिकाको ४४औं राष्ट्रपति रहेका ओबामा आफ्नो सम्बोधनमा डोनाल्ड ट्रम्पमाथि निसाना साध्‍ने देखिएको छ । ओबामाको भाषणको अर्को अंशअनुसार, ‘मेरो विश्‍वास छ कि ट्रम्पले मुलुकका लागि आफ्नो जिम्मेवारी गम्भीरता साथ लिनेछ्न्, यद्यपि उनले यस्तो कहिल्यै गरेनन् ।’

ओबामाको भाषणमा यो पनि समावेश गरिएको छ- कि अमेरिकाको लोकतन्‍त्र खतरामा छ ।

यसरी ओबामाको भाषणको अंश सार्वजनिक भएसँगै ट्रम्पले पनि तत्काल प्रतिक्रिया सार्वजनिक गरेका छ्न् । ट्रम्पले भनेका छन्- ‘राष्ट्रपति हुँदा ओबामाले राम्रो काम गरेका छैनन् । म ओबामा र बाइडनकै कारण यहाँसम्म पुगेको हुँ । यदि उनीहरुले राम्रो काम गरेको भए म यहाँ हुने थिएन ।’

ट्रम्पले यो पनि भनेका छन् कि-यदि ओबामाले आफ्नो काम राम्रो गरेको भए उनी राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा सहभागी हुने थिएनन् ।

ट्रम्पले भनेका छन्- ‘मैले पूर्वजीवन निकै आनन्दमय रुपमा बिताइरहेको थिएँ । तर उनीहरुले यति धेरै खराब काम गरे कि मलाई राष्ट्रपतिको पदका लागि अघि सर्नुपर्‍यो ।’ ट्रम्पले बराक ओबामा निष्प्रभावी र खराब राष्ट्रपति रहेको टिप्पणी गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *