काठमाडौं, ४ भदौं–नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङमा आबद्ध भएका छन् ।

अघिल्लो सिजन श्रीलंकाली क्लबबाट खेलेका उनले अब भारतीय क्लबबाट खेल्ने भएका हुन् । अभिषेकले तीन वर्षका लागि भारतको दोस्रो डिभिजनको क्लबसँग सम्झौता गरेका हुन् ।

अभिषेक र क्लबबीचको सम्झौता रकम गोप्य राखिएको छ । अभिषेकको सम्झौता मंगलबारबाट लागु भएको छ । उनी आजै भारततर्फ प्रस्थान गरेका छन् ।

उनले ७५ सालको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबबाट एएफसी कप खेलेका थिए । उक्त खेलका उनले भारतीय क्लबविरुद्ध गोल पनि गरेका थिए ।

अभिषेक १३औं दक्षिण एसियाली खेलकुद सागप्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने मुख्य सदस्य हुन् । उनले प्रतियोगितामा ४ गोल गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *