दमक, ४ भदौ–पछिल्लो २४ घण्टामा आज प्रदेश १ मा १३ महिला र २९ पुरुष सहित ४२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोसी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहबीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, तेह्रथुमको म्याङ्लुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिराहाका १ महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

यससंगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ९७ पुगेको छ । त्यस्तै, प्रदेश १ बाट बिहीबार १८ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बिहीबार १ हजार ५ सय ७ पिसिआर परीक्षण भएको छ । हालसम्म ७३ हजार ५ सय ५३ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *