झलझिले, २० असोज–पारिजात बहुदेश्यीय सहकारी संस्थाले आज (शनिबार) दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शिबसताक्षी–८ झिलझिलेमा कार्यालय रहेको पारिजात बहुदेश्यीय सहकारी संस्थाले बार्षिक साधारणसभाको अवसर पारेर आर्थिक वर्ष २०७९।०८० मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
साथै, दोस्रो वार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थाको तर्फबाट अध्यक्षद्धारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

झिलझिलेस्थित किराँत भवनमा आयोजित वार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले गर्नुभएको थियो ।
सो अवसरमा संस्थाले आर्थिक वर्ष २०७९।०८० मा आम्दानीतर्फ रु नौ लाख ९६ हजार ४ सय ४५ रुपैया र खर्चतर्फ रु १६ लाख ८० हजार ७ सय ५६ रुपैया प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७९।०८० मा संस्थाको शेयर पुँजी ३६ लाख ४ हजार ३०० रुपैया छ भने आगामी आर्थिक वर्ष २०८०।०८१ मा ६० लाख शेयर पुँजी बनाउने लक्ष्य राखेको छ ।

त्यस्तैं, आर्थिक वर्ष २०७९।०८० मा संस्थाको बचततर्फ ७२ लाख ६४ हजार ४ सय २ रुपैया छ भने आगामी आर्थिक वर्ष २०८०।०८१ १ करोड ४० लाख प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तैं, संस्थाले ऋण लगानीतर्फ ८१ लाख १९ हजार ६ सय ८३ रुपैया रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा देखाइएको छ ।
शिबसताक्षी नगरका वडा नं १,२् ३ मा संस्थाले दैनिक सेवा बचतका सेवाहरु सञ्चालन गरिहेको छ । संस्थामा हाल, ८ सय ७२ जना शेयर सदस्यहरु छन् ।

त्यस्तैं, संस्थाले असल बचततर्फ हर्क बोखिम लिम्बू, सरोज खड्कालाई बार्षिक साधारणसभामा सम्मान तथा पुरस्कृत गरिएको छ ।
असल कारोबारतर्फ मन्जिल नेपालले सम्मान तथा पुरस्कृत भए भने असल बाल बचतर्फ लुसाङ थिङ्लापु सम्मानित भएका छन् । उनीहरुलाई बार्षिक साधारणसभाको अध्यक्ष अधिकारी र शिबसताक्षी–८ का वार्ड अध्यक्ष सन्त फेउदिन लिम्बूले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका व्यवस्थापक सागर थुलुङ राईले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चाम्लिङ राईले स्वागत मन्तव्य राखेका थिए ।

आर्ज, संस्थाको बन्दसत्र सम्पन्न भएको छ । सो बार्षिक साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक नरेन्द्रविक्रम शेर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत सो दुबै प्रतिवेदन बन्द सत्रमा सुझाव तथा रायसहित सर्वसम्मत पारित गरिएको थियो ।
त्यस्तैै, सो बार्षिक साधारणसभाको अवसरमा दुधेस्थित सेवारो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दुर्गामाया राना मगर र शिबसताक्षी–१ धरमपुरका वार्ड सदस्य पूर्ण चेम्जोङले शुभकामना मन्तब्य राखेका थिए ।
वार्षिक साधारणसभामा संस्थाका शेयर सदस्य तथा झिलझिलेस्थित लालीगुरास निर्माण प्राइभेट लिमिटेडका सञ्चालक मोहन वाहिङ राई, चौतारी बचत तथा ऋण सहकारी संस्था झिलझिलेका अध्यक्ष धनकुमार बान्तावा राई, किसान कृषि सहकामरी संस्थाका उपाध्यक्ष तथा व्यवसायी हरिसंकर सिलवाल, शुलभ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश प्रधान, झिलझिले माध्यमिक विद्याmलयका शिक्षक भीम भण्डारी, खेलाडी दुर्गा उप्रेती लगायतको सामाजिक संघसंंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

