एजेन्सी (एजेन्सी), ४ भदौं–च्याम्पियन्स लिग फुटबल इतिहासमा पहिलोपटक फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलोपटक फाइनलमा स्थान बनाएको छ । पीएसजी यो सिजन च्याम्पियन्स लिगको उपाधि खेर जान नदिन उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलमा ३–० गोल अन्तरले पराजित गर्दै पीएसजीले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो । पीएसजीले अब उपाधिका लागि जर्मन क्लब वायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

वायर्न चारपटकको युरोपियन च्याम्पियन हो । पीएसजी भने पहिलोपटक उपाधि उचाल्ने योजनामा छ । पीएसजी र वायर्नबीचको फाइनल खेल २४ तारिखमा हुनेछ । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको वायर्न पाँचौं उपाधि जित्ने योजनामा छ । यता पीएसजी पनि उत्कृष्ट फर्ममा छ ।

पीएसजीका स्टार खेलाडी नेयमारले यो सिजनको च्याम्पियन्स लिग उपाधि खेर जान नदिने बताएका छन् । उनले लामो समयपछि क्लब उपाधिनजिक पुगको हुनाले कुनै पनि कमजोरी नगर्दै खेल प्रदर्शन गर्ने बताए ।

“लामो समयपछि पीएसजी उपाधिनजिक पुगेको छ । यो सिजन हामीलाई उपाधि जित्ने मौका छ । यो मौका हामीले गुमाउने छैनौं । धेरै मिहिनेत गरेका छौं यो सफलता हात पार्न । खेलमा कुनै पनि कमजोरी गर्ने छैनौं । जित हाम्रो पक्षमा हुनेछ,” नेयमारले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *