गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २१ असोज–पापोहाङ्ग सेर्मा लिम्बु समाज हङकङ्गले झापा डुडामारी सेर्मा चोककी क्यान्सर पीडित सुनिता सेर्मालाको उपचारमा आर्थिक सहयोग गरेको छ ।
स्थानीय, शिवसताक्षी–८ डुडामारी निवासी हालः हङकङमा बसोबास गर्दै आएका बुद्धराज सेर्माको पहल तथा सेर्मा चोक निवासी सबिन सेर्माको समन्वयमा १ लाख ३५ हजार रुपैया आर्थिक संकलन गरि क्यान्सर पीडितलाई हस्तान्तरण गरिएको हो ।
गएको फागुनमा स्तनमा क्यान्सर रोग भएको चिकित्सकबाट प्रमाणिात भएपछि उनको गत भदौमा भरतपुरस्थित बिपि मेमोरियल क्यान्सर अस्पतालमा सफल अप्रेसन भएको थियो ।
बिपन्न परिवारकी सेर्मालाई ऋणपान गरेर उपचा्र गर्न लगिएको थियो । हालः उनी भरतपुरमा छोरीको घरमा बसेर नियमित किमो थेरापी गर्दै आएको बिरामीको श्रीमान खड्क सेर्माले बताएका छ्न ।
आर्थिक आवस्था कम्जोर भएको सेर्मा परिवारलाई यस आर्थिक सहयोगले ठूलो राहात पुगेको भन्दै सहयोगी मन सबैप्रती हार्दिक आभार प्रकट गरेका छ्न । उक्त आर्थिक सहयोग केही दिन अघि भरतपुर गएर समाजिक अभियान्ता सबिन सेर्माले बिरामीलाई हस्तान्तरण गरेका हुन ।
५० बर्षिय क्यान्सर पीडित सेर्माको १ छोरी २ छोरा रहेका छ्न ।
यता, पापोहाङ्ग,सेर्मा लिम्बु समाज हङकङ्गले आफ्ना गाउँघरका असाहय दुख बिराम भएका नगरिकहरुलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको र यस्ता सहयोग कार्य निरन्तर गर्ने सहयोगदाता बुद्धराज सेर्माले बताएका छन ।
हङकङबाट क्यान्सर पीडित सुनिता सेर्माको लागि सहयोग गर्नेदाताहरुको नाम्वली-
(१) बुद्धि सेर्मा (चापेता) Hk-D..1500/ (२) मणि सेर्मा (डाइमन्ड) Hk-D..1000 / (३). यादन सेर्मा (नुनाम) Hk D..500/ (४) सान्ता सेर्मा (नुमा ) Hk D..500 / (५) नारान ध्वोज सेर्मा (तु,तुगेन,) Hk D.500 / (६) भवानी सेर्मा,(BB) Hk D.500/ (७) खिलबहादुर सेर्मा (KB) Hk D .500/ (८) भिम नेम्बाङ (झापाली ) Hk D..500/ (९) सान्तमाया घले, Hk D..500/ (१०) जित गुरुङ Hk D..500/ (११) दिपक एवाइ राई Hk D..500/ (१२) सिताराम ढकाल Hk D..300/ (१३) प्रतिमा सेर्मा Hk D..200/ (१४) सारदा सेर्मा Hk D..200
