एजेन्सी (एजेन्सी), ४ भदौं–प्रिमियर लिग क्लब आर्सनलका स्टार खेलडी डेविड लुइजले आर्सलनमा ब्राजिलियन विंगर विलियनको यात्रा सफल रहने बताएका छन् । लामो समय चेल्सीमा रहेका विलियन भर्खरै मात्र आर्सलनमा आएका हुन् ।
ब्राजिलियन टिम मेट तथा डिफेन्डर लुइज पनि भर्खरै मात्र आर्सलनमा आएका हुन् । दुवै खेलाडी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय दुवै खेलाडीलाई आर्सलनले अनुबन्ध गरेको हो ।
विलियनले यस सिजनको अन्त्यसँगै चेल्सी छाडेका थिए । सन् २०१३ देखि २० सम्म चेल्सीका लागि विलियनले ३३९ खेल खेलेका थिए । उनले चेल्सीका लागि ६३ गोल र ५६ अस्सिट गरेका थिए । चेल्सीका लागि विलियन दुई प्रिमियर लिग र एफए कप र युरोपा लिग जितेका थिए ।
“राष्ट्रिय टोलीमा सँगै खेलेका विलियन क्लबमा पनि सँगै छन् । उनी विश्वकै उत्कृष्ट खेलाडीमध्यमा पर्छन् भन्ने कुरामा दुईमत छैन । हाम्रो राष्ट्रिय टोलीमा जस्तो कम्बिनेसन देखिन्छ क्लबमा पनि त्यस्तै रहनेछन् । उनको आर्सनल यात्रा सफल रहनेछ,” लुइजले भने ।
