लुम्बिनी, २१ असोज–नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् ।

नेता खनालले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए । उनले बेरोजगारीका कारण देश युवाविहीन हुने खतरा बढेको समेत बताए ।

पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताए ।

यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ धु्रविकरणको आवश्यकता पनि औँल्याए । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्ने हुन्छ’, नेता खनालले भने, ‘यसका लागि नयाँ ध्रुबीकरण जरुरी छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *