काठमाडौं, ४ भदौं–विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि दिनानुदिन जोखिम बढाइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर ७०७ जना नयाँ संक्रमित थपिएका छन्। ७०७ जना संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या थपिएसँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या २९ हजार पाँचसय १९ पुगेको छ।

पछिल्लो २३ घण्टामा ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको हो। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभर ११ हजार पाँचसय ५५ जना सक्रिय कोरोना संक्रमित रहेको बताए। उनले अहिलेसम्म उपचार पछि निको भएर घर फर्कनेको संख्या १७ हजार नौ सय ६४ रहेको पनि जानकारी दिए।

आजसम्म देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *