काठमाडौं, ५ भदौं–रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा पनि आज बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिन अघि अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। साउन अन्तिम साता भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा बसेका थिए।

त्यहि क्रममा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले जानकारी दिए।

उनी दमका दीर्घरोगी रहेको र उच्च रक्तचापको औषधी पनि सेवन गरिरहेको अस्पतालले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *