एजेन्सी (काठमाडौं), ५ भदौ–कोरोना भाइरसका कारण प्रभावित भएको युरोपा लिग अन्ततस् शुक्रबार सकिँदैछ।

शुक्रबार नेपाली समयअनुसार राति पौने एक बजे उपाधिका लागि स्पेनिस क्लब सेभिया र इटालियन क्लब इन्टर मिलान भिड्दैछन्।

जर्मनीमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सेभियाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।

इन्टरले भने सेमिफाइनलमा शख्तर डेनेट्क्समाथि ५–० गोलको जित निकालेको थियो।

सिजनको इटालियन सिरि एमा दोस्रो भएको इन्टरलाई उपाधिको दाबेदार मानिएको छ। अझ इन्टरका फरवार्ड रोमेलु लुकाकु सिजनमा उच्च फर्ममा छन्।

सेभिया प्रतियोगिताको अनुभवी टिम हो। उसले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ। सेभियाले सन् २०१४ देखि २०१६ सम्म लगातार तीन पटक उपाधि जितेर इतिहास बनाएको थियो।

गत सिजनको उपाधि चेल्सीले जितेको थियो। अजरबैजानको बाकुमा भएको उपाधि भिडन्तमा चेल्सीले आफ्नै देशको आर्सनलमाथि ४–१ को जित निकालेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *