विराटनगर, ५ भदौं–विराटनगरमा होम आइसोलेसनमा रहेका एक संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर ६, सरोचियाका ती पुरुषमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

वडाध्यक्ष विजय कामतका अनुसार गत भदौ ३ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा थिए । उनका दीर्घरोग रहेको बताइएको छ ।

कोरोना विशेष अस्पतालहरूमा शय्या खाली नहुँदा विराटनगरमा अहिले ३४१ संक्रमित होम आइसोलेसनमा रहेको महानगरले जनाएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमणबाट नौजना मृत्यु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *