काठमाडौं, ५ भदौं–हिन्दु महिलाहरुको महान चाड तिजको दिन सुनको मूल्य यथावत् ९स्थिर० छ ।

बिहीबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि ९८ हजार ३ सय रुपैयाँ कायम छ ।

सुनको मूल्य यथावत् रहँदा चाँदी पनि १० रुपैयाँले महँगिएर प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य बढ्दा तथा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्दा सुनचाँदीको व्यवसाय भने ठप्प छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *