काठमाडौं, ५ भदौ–नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ११ जना संक्रमितको मृत्यु भएको जानकारी दिए। एकैदिन संक्रमणबाट मृत्यु हुने संख्या अहिले सम्मकै उच्च हो ।

मृत्यु हुनेहरुमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं,ललितपुर, चितवन, मकवानपुरका १, १ पुरुष र दोलखाकी १ महिला रहेका छन् । यो संगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

थपिए ८३८ संक्रमित, १४८ जना आइसीयू र भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा देशभर ८३८ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ६७९ जनाको पिसिआर परीक्षण भएकोमा ८३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

सो मध्ये निको हुनेको संख्या १८ हजार २१४ रहेको छ । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भए । हाल १२ हजार २३४ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

सक्रिय संक्रमितमध्ये १३३ जना आइसीयू र १५ जना भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका संक्रमित बागमती प्रदेशमा रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *