दमक, ५ भदौ–झापाको कमल गाउँपालिका ५ पाडाजुंगी चौकको नाम परिवर्तन गर्ने प्रस्तावको तीब्र बिरोध भएको छ ।

कमल-५ का वडाध्यक्ष डम्बर बहादर निरौलाले सामाजिक सञ्जालमार्फत पाडाजुंगी चौकको नाम परिवर्तन गरी कमल चौक राख्ने प्रस्ताव ल्याए लगत्तै स्थानीय बासिन्दाहरुले विरोध जनाएका हुन् ।

केहिदिन अघि उनले सामाजिक संजालमा पाडाजुंगी चौकको नाम फेरेर कमल चौक राख्न सार्वजनिक रुपमा उपयुक्त हुने प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई कुनै पनि हालतमा नस्वीकार्ने स्थानीयले बताएका छन् ।

स्थानीयका तर्फबाट पाडाजुंगी युथ फेमिलीले एक विज्ञप्ति जारी गरी विगतदेखिको लामो इतिहास र संस्कृतिलाई नामेट पार्ने गरी ल्याइएको त्यो प्रस्ताव पूर्णरुपमा अस्वीकार्य भएको बताएको छ ।

क्लबका तर्फबाट अध्यक्ष धिरज श्रेष्ठ र सचिव शिखर लिम्बूले विज्ञप्ति जारी गर्दै त्यो प्रस्ताव फिर्ता लिन वडाध्यक्ष निरौलालाई आग्रह गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *