एजेन्सी (काठमाण्डौं), ६ भदौं–स्पेनिश क्लब सेभियाले छैठौं पटक युरोपा लिग उपाधि जितेको छ। इटालियन क्लब इन्टर मिलानलाई १ गोल अन्तरले हराउँदै गएराती जर्मनीमा सेभियाले उपाधि उचालेको हो।

गएराती भएको फाइनल खेलमा सेभियाले मिलानको पोस्टमा ३ गोल गर्‍यो भने मिलानले २ गोल फर्कायो। सेभियाका लागि डे जोङले २ र डिएगो कार्लोसले १ गोल गरेका थिए। रोमेरो लुकाकु र डिएगो गोडिनले १-१ गोल फर्काएपनि मिलानका लागि उपाधि जित्न त्यो पर्याप्त भएन।

९ वर्षयता कुनै उपाधि जित्न नसकेको मिलानले पछिल्लो प्रतिष्पर्धाबाट उपाधि तिर्खा मेटाउने अपेक्षा गरेको थियो। ​सेभियाले सन् २०१६ मा पनि युरोपा लिग जितेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *