काठमाडौं, ६ भदौं–चितवनस्थित भरतपुरको पुरानो मेडिकल कलेजमा हेटौंडाकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो।

अस्पताल आउनासाथ कोरोना संक्रमण भएरनभएको थाहा पाउन उनको स्वाब नमूना निकालिएको थियो। मृत्यु भएपछि मात्रै सो स्वाब नमूना परीक्षणको रिपोर्ट आएको हो। उनको स्वाब परीक्षणका लागि चितवन मेडिकल कलेजमा पठाइएको थियो।

तर , सो मेडिकल कलेजमा परीक्षण ल्याब हालै जडान गरिएकाले महिलामा कोरोना कोरोना संक्रमण देखिएपनि सो जानकारी सार्वजनिक गरिएको थिएन। त्यसपछि ती महिलाको स्वाब पुनस् भरतपुर कोभिड ल्याबमा परीक्षण गरिएको हो।

परीक्षण गर्दा ती महिला कोरोना संक्रमित नै रहेको पुष्टि भएको छ। चितवनमा अहिलेसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गइसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *