दमक, ६ भदौ–दमक फार्मेसीका एक सञ्चालकलाई कोरोना संक्रमण देखिएको छ । आज संक्रमण देखिएपछि फार्मेसी शिल गरिदै छ । दमकमा समुदायमा कोरोना देखिन शुरु गरेको सातादिन भएपनि पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

दमक फार्मेसीका सञ्चालकलाई संक्रमण देखिएपछि थप जोखिम बढ्न सक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका छन् । एक स्वास्थ्यकर्मीका अनुसार कन्ट्रयाक ट्रेसिङमा समस्या हुने देखिन्छ । त्यहाँ दुई दर्जन बढी कर्मचारी दैनिक काम गरिआएका छन् भने सयौंका संख्यामा विरामी तथा औषधी लिन आउने गरेको पाईएको छ ।

यो फार्मेसी दमककै ठुलो र ब्यस्त रहने गर्छ । संक्रमण देखिएसँगै त्यहाँ आउने चिकित्सक र स्वास्थ्यकर्मीको पनि पिसिआर परीक्षणका लागि लगत लिने काम शुरु भइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले फार्मेसी सिल गरि थप संक्रमण फैलिन नदिन कन्ट्रयाक ट्रेसिङ थाल्ने जानकारी दिए ।

दमक नगरपालिकाले कोरोना संक्रमण रोक्नका लागि दमकका अस्पताल तथा क्लिनिकहरुको ओपिडि सेवा पनि बन्द गर्न भनेको थियो । तर पनि दमकका केहि फार्मेसीहरुले चिकित्सकहरुको सुविधा उपलव्ध गराउदै आएका थिए ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *