दमक, १० मंसिर–झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष चार लाख ३० हजार मेट्रिक टनभन्दा बढी हुने कृषि ज्ञान केन्द्र झापाको प्रारम्भिक अनुमान छ ।

गत वर्ष जिल्लामा धानको ४।८९ मेट्रिकटन प्रतिहेक्टर रहेकोमा यो वर्ष ५ पुग्ने कार्यालयले जनाएको छ । “नमूना संकलन गरिरहेका छौं”, कार्यालयका निमित्त प्रमुख सागर विष्टले भन्नुभयो, “यो वर्ष धान उत्पादन बढी भएको पाएका छौं, चार÷पाँच दिनमा यकिन तथ्यांकन आउँछ ।” जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दिबारी लगायतका स्थानमा नमूना संकलन गर्दा उत्पादन राम्रो भएको पाइएको उहाँको भनाइ छ ।

झापाको ८७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यो वर्ष ८५ हजार सात ५० हेक्टरमा धान खेती गरिएको छ । झापाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी गौरीगञ्ज र सबैभन्दा कम दमकमा धान खेती भएको कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *