दमक, ६ भदौ–दमकस्थित दमक फार्मेसीका एक सञ्चालकसहित आज १६ जनालाई कोरोना संक्रमण देखिएको छ । एकैसाथ १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दमक चोक एकाएक सुनसान बन्न पुगेको छ ।
बिहानै संक्रमण पुष्टि भएकामा दमक फार्मेसीका एक जना समेत परेपछि यहाँका औषधि ब्यवसायीदेखि अन्य सर्वसाधारण त्रासमा परेका हुन ।
दमक फार्मेसीको सञ्चालकमा संक्रमण पुष्टि भएपछि त्यहाँ संगैका अन्य औषधी पसलहरु समेत बन्द भएका छन् । नगरपालिकाले भने तत्कालका लागि सो फार्मेसी र सगै जोडिएको मेची मेडिको समेत बन्द गराएको छ ।
