दमक, ६ भदौ–पछिल्ला समय समुदायमा कोरोना संक्रमण फैलिरहेको दमकमा आज विहानै एकैदिन १६ जनामा संक्रमण देखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ संक्रमित मध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् । संक्रमण भेटिएकाहरुमा पाँच जना बिद्युत प्राधिकरणका कर्मचारी हुन् भने एक जना औषधी व्यवसायी हुन् ।

यससंगै दमकमा अहिलेसम्म ६६ जना संक्रमित भएका छन् । ती मध्ये १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसुलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *