भद्रपुर, १३ मंंसिर–झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा गौरादहले कनकाई नगरपालिकालाई हराएको हो । पहिलो जित दर्ता गर्दै गौराहदले ३ अंक जोडेको छ । समान दुई खेल खेलेको कनकाईले अंक जोड्न सकेको छैन । समूह ख मा रहेका गौरादह र भद्रपुर ब्लेजर्सको समान ३ अंक भएको छ ।

तर, गोल अन्तरमा भद्रपुर ब्लेजर्स अगाडि छ । त्यस्तै, झापा गाउँपालिका ६ अंकका साथ शीर्ष स्थानमा छ । अंकविहीन रहेको कनकाई पुच्छरमा छ ।

गौरादहले कनकाईलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको प्लेयर अफ दि म्याच गौरादहका नविन श्रेष्ठ भए ।

आज भएको दोस्रो खेलमा शिवसताक्षी नगरपालिका विजयी बन्यो । शिवसताक्षीले दमक नगरपालिकालाई २–० गोल अन्तरले हरायो । खेलको प्लेयर अफ दि म्याच शिवसताक्षीका आकाश पौडेल भए ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *