डा बेदुराम भुसाल

काठमाडौ, १३ मंसिर–कृषि तथा पशुपक्षी विकास मन्त्री डा। बेदुराम भुसालले देशको अर्थतन्त्रको विकासमा कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ ।

राष्ट्रिय किसान सञ्जाल राष्ट्रिय कार्यान्वयन समिति नेपालले मंगलबार काठमाडौँको बागबजारमा आयोजना गरेको ‘कृषि अनुदान र कृषि वित्त सम्बन्धि नीतिहरूबारे राष्ट्रिय कार्यशाला’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले देशको अर्थतन्त्रको विकासमा कृषि क्षेत्रको योगदानको महत्वपूर्ण भूमिका हुने बताउनु भएको हो ।

मन्त्री भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको भन्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले केही दिनमा मन्त्रिपरिषद्मा पेस गरिने बताउनु भयो ।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको भन्दै साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने, मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको विकास गरी कृषकको आम्दानीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषिमा प्रविधिको प्रयोग, गुणस्तरीय वस्तुको उत्पादन निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत दिइने , कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपका कारण कृषि भूमिको उर्वरा घट्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले नेपालको समग्र कृषि क्षेत्रको विकासको लागि एकीकृत कृषि नीति जरुरी भएको भन्दै कृषि क्षेत्रका सरोकारवालाहरुको छलफल र परामर्श सँगै त्यस प्रकृयालाई अगाडीवढाईएको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा विचौलियाहरुकै कारण पनि कतिपय वास्तविक किसानहरुले सेवा सुविधा पाउनवाट वञ्चित भएको भन्दै कृषि क्षेत्रको समग्र विकासका लागि सिंचाइ, उन्नत विउविजन, मल खद कृषि औजार र बजारलाई व्यवस्थित गर्नु पर्ने र जस्को लागि सरकारको ध्यानाकर्षण भएको बताउनु भयो ।

कृषि क्षेत्रको विकासले देशको समग्र अर्थतन्त्रको ठूलो विकासमा टेवा पुग्ने भन्दै जापान चिन भारत जस्ता देशसँग कृषि क्षेत्रको विकासमा प्रविधि सहितका विषयको सम्भाव्यता अध्ययन सुरु भै सकेको बताउनु भयो । उहाँले कृषि क्षेत्रमा उत्पादनमाआधारित अनुदान दिने व्यवस्था व्यवस्थित गर्नु पर्ने भन्दै ‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यशालामा गोष्ठीमा मन्त्रालयका सचिव डा।राजेन्द्र मिश्र र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत र नेपाल सहकारी केन्द्रीय संघका अध्यक्ष रुद्र भट्टराईले कार्यपत्र प्रस्तुत गनुभएको थियो।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम वाँस्कोटा ,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीकेन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघ (आप्फा) का अध्यक्ष भैरवराज रेग्मी लगायत किसान क्षेत्रसँग सम्वन्धित विभिन्न संघ संस्था सहकारी र भूमि आयोगका जिल्ला स्थित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *