डुडामारी (फाक्तेप), २० मंसिर–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयले पठनपाठनमा आउने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै स्कुल वस सञ्चालन गर्ने भएको छ । सो विद्यालयमा अध्ययनपछि हाल रोजगारको शिलशिलामा रहेका पुर्व बिध्यार्थीहरु र दाताहरुको आर्थिक सहयोगबाट बालसेवा आधारभुत विद्यालयले स्कुल बस सञ्चालनमा ल्याउने भएको हो ।

बिध्यालय ब्यबस्थापन समितिको मंगलबार सम्पन्न भएको बैठकबाट स्कुल बस खरिद गर्नको लागि निर्णय भएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय पारित गर्नुका साथै बिध्यालयको स्वर्णमहोत्सब आगमि फागुनमा गर्ने निर्णय समेत गरेको अध्यक्ष ल्वागुनले जानकारी दिए । उनका अनुसर स्वर्णमहोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्ने र उक्त स्मारिकामा बिभिन्न लेख रचनाहरुसहित बिध्यालयको स्थापना कालदेखि हालसम्मको गतिविधिलाइ समेटिने गरि पाण्डुलिपि तयार गर्न शिक्षक दिनेश फुयाललाई अख्तियारी दिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले बताउनुभयो ।

यातयात सन्चालनको लागि आभिभावकहरुबाट स्कुलबस सन्चालन गर्न आग्रह गरेपछि स्कुल बस खरिदको प्रक्रिया अघि बडाउन आर्थिक सङकलन चाडै सुरु गरिने बिद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्कीले बताए ।

त्यसैगरि, आर्थिक सहयोग गर्ने दाताहरुलाई तहगत सम्मान गर्ने समेत प्र.अ.कार्कीले बताए । स्कुल बस खरिद गर्ने अभियानलाई पुर्व विद्यार्थीहरुसंग समन्वयगरि यहि शैक्षिकसत्र अनत्यसम्ममा खरिद गरि बैशाखदेखि बिद्यालयमा यातायात सन्चालन गरिने योजना रहेकोले सबै शैक्षिक सरोकारवाला, साहु महाजन ,बुद्धिजीवी, संघसस्था र पुर्व बिद्यार्थीहरुसमक्ष अपिल गरिएको छ।

पछिल्लोसमय सामुदायिक बिध्यलयको शैक्षिक गुणस्तर सुधारहुदै आएको अवस्थामा यातायातका अभाबले गर्दा अभिभावकहरुले अफ्ना सन्तानलाई निजि बोडिङ्ग स्कुलमा पठाउने गरेको पाइएकोले पनि स्कुल बसको आवस्यक ठानिएको बताइएको छ । २०३० सालमा स्थापना भएको यस बिध्यालयमा हाल कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *