काठमाडौं, २१ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने आज (बिहीबार( कतार जाँदैछन् । उनी आज बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट कतार जान लागेका हुन् ।
दुई दिनको कतार बसाईको क्रममा सभापति लामिछानेले संगठन निर्माण र विस्तारका लागि त्यहाँ रहेका नेपालीहरुसँग छलफल तथा भेटघाट गर्नेछन् । तेस्रो दिन उनी बेलायतका लागि त्यहिबाट उड्ने छन्। बेलायतमा पनि उनले त्यहाँ रहेका नेपालीहरुसँग अन्तर संवाद र अन्र्तक्रिया गर्ने लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले बताए ।
‘सभापति विशेषगरी संगठन निर्माण, विस्तारका लागि भेटघाट र छलफलका लागि जान लाग्नु भएको हो’, सभापति रविका स्वकिय सचिव प्रकाश सिग्देलले भने । सभापति लामिछानेको साथमा सहकोषाध्यक्ष दिपक बोहरा पनि जाँदैछन् ।
रास्वापले पछिल्लो समय देश र विदेशमा संगठन विस्तारको कामलाई तीव्रता दिएको छ । सोही अनुरुप केही दिन अघि मात्रै सभापति लामिछाने मलेसिया पुगेका थिए ।
