केपी ओली

काठमाडौं, २१ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई फेरि भ्रममा पार्ने काम भइरहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राका क्रममा बिहीबार पर्वतमा आयोजित सभामा उनले कोसी प्रदेशको नामकरणका विषयमा ‘विदेशबाट सञ्चालितहरू’ले स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको आरोप लगाए ।

“सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमिविशेषको नाम राखिएन भनेर विदेशबाट सञ्चालित, नेपालमा एकता, शान्ति हुन नदिने, लोकतन्त्र हुन नदिने, अशान्ति मच्चाउने, देशलाई अप्ठ्यारोमा पारेर अरूकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्त्व लागिरहेका छन,” उनले भने ।

उनले ‘एमालेलाई कोसीमा प्रवेश गर्न नदिने भन्नेहरू को हुन् ?’ भन्दै प्रश्न गरे । ओलीले नेपालको भूभागको कसैको बिर्ता नभएको पनि बताए ।

“एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश–१ मा प्रवेश गर्न दिन्नौँ भनिरहेका छन् । किन नदिने रु नदिने फेरि को हुन् उनीहरू रु नेकपा ९एमाले० कहाँ जान पाउने, कहाँ जान नपाउने रु एमाले त त्यही प्रदेश–१ मा छ । खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको,” उनले भने ।

संकल्पयात्रा कोसीमा प्रवेश गरे आक्रमण गर्ने धम्की दिनेहरूलाई पछि हट्न उनले चेतावनी दिए । एमालेले उनीहरूको सामना गर्नुपर्ने स्थिति नबनाउन ओलीले आग्रह गरे ।

“फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । यो बुद्धि छोडिहाल । होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्नेछ । कत्रा–कात्राको क्रान्तिका नाउँमा, जनयुद्धका नाउमा फाइँफुर्ती त समाप्त भयो भने चारवटा केटा उफ्रिएका छन्,” ओलीले कार्यक्रममा भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *