झिलझिले (सताक्षीधाम), २३ मंसिर–प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम परिसरमा निर्माणधिन अवस्थामा रहेको तेमेनलुम किरात माङहिमको ५औं साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाबाट अर्जुन लावतीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा दिलबहादुर लिम्बू, उपाध्यक्षमा विष्णुमाया बेघा, सचिवमा अविशेक नेम्बाङ, सह–सचिवमा खड्ग बोखिम, कोषाध्यक्षमा तारादेवी शेर्मा, सह–कोषाध्यक्षमा अमरकुमार मादेन निर्वाचित भएका छन् ।
त्यस्तैं, समितिको सदस्यहरुमा क्रमशः चन्द्रकुमार सिंथेबे, लबकुमारी राई शेर्मा, जितेन्द्र आङदेम्बे, धनबहादुर चेम्जोङ, दिनेश तुम्बा र केवलसिंह तुम्सा निर्वाचित भएका भएका छन् ।
माङहिमका कार्यवाहक अध्यक्ष अर्जुनकुमार लावतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन दिल सेरेङले गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन), किरात धर्म तथा साहित्य उत्थान संघका झापा जिल्ला अध्यक्ष लक्ष्मी योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका राष्ट्रिय समिति अध्यक्ष इन्द्र सेर्मा, किरात निङवाफू माङहिमका अध्यक्ष जितेन्द्रराज चेम्जोङ, किरात धर्मका केन्द्रिय सदस्य अर्जुन लिङदेन, किरात धर्मका झापा जिल्ला सचिव हर्क एक्तेन, किराती चियोलुङ माङहिम कमलका अध्यक्ष सूर्य योक्पाङदेन, इमानसिंह चेम्जोङ शालिक निर्माण समिति धरमपुरका अध्यक्ष देउमान चेम्जोङ लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो ।
